एजेन्सी := कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि स्विट्जरल्यान्डले टिम घोषणा गरेको छ। स्विट्जरल्यान्डले बुधबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो । स्विट्जरल्यान्डले घोषणा गरेको टोलीमा सेरडान शाकिरी र ग्रानिट जाका अटाएका छन् ।
यस्तै स्विट्जरल्यान्डले घोषणा गरेको टोलीका सात खेलाडीले पहिलो पटक विश्वकप खेल्ने छन् । कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । विश्वकपमा स्विट्जरल्यान्ड समूह ‘जी’ मा रहेको छ । स्विट्जरल्यान्डले क्यामरुनसँग नोभेम्बर २४ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।




















