साफ यू-१५ महिला फुटबल: नेपाल र बंगलादेश भिड्दै।

बङ्गलादेश := साफ यू-१५ महिला च्याम्पियनसिप फुटबल खेलमा नेपालले आज दोस्रो खेल खेल्दैछ। नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशको सामना गर्नेछ। ढाकामा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ।

नेपाल आज लगातार दोस्रो जितको योजनामा हुनेछ। तर, बंगलादेशविरुद्ध नेपाललाई सहज हुने छैन। बंगलादेश पनि आज लगातार दोस्रो जितको खोजीमा हुनेछ।

आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएको थियो । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७-० गोलले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो। नेपाल तीन अंक जोडेर दोस्रो स्थानमा छ। बंगलादेश तीन अंक जोडेर शीर्ष स्थान रहेको छ। भुटान अंक विहीन रहँदै पुछारमा छ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ। डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ।