एजेन्सी := पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानको पार्टी पीटीआईले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट एउटा भिडियो शेयर गरेको छ। गोलीबारीको घटनापछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई कन्टेनरबाट गाडीमा कसरी सारिएको यो भिडियोमा देखिन्छ ।
कारमा सिफ्ट हुने क्रममा इमरान खान आफ्ना समर्थकहरूसँग हात मिलाउँदै देखिएका छन् । इमरानको खुट्टामा गाेली लागेको छ र उनलाई अस्पताल लगिएको छ । उद्धार अधिकारीका अनुसार घटनामा तीनदेखि चार जना घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।




















