पाकिस्तान अब कसरी आइसिसी टि-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्नसक्छ ?

एजेन्सी := पाकिस्तानले आइसिसी टि-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकामाथि सानदार जित हात पारेको छ ।अष्ट्रेलियाको सिड्नीमा बिहीबार वर्षले प्रभावित खेलमा पाकिस्तान दक्षिण अफ्रीकालाई डीएल पद्दतिको आधारमा ३३ रनले हराएको हो ।

जितसँगै पाकिस्तानको सेमिफाइनल खेल्ने सम्भावना कायम राखेकाे छ । पाकिस्तान ४ खेलमा ४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पाकिस्तानको सेमिफाइनल पुग्ने समीकरण एकदमै स्पष्ट छ । उसलाई अब जित र चमत्कार चाहिन्छ।

पाकिस्तानको अर्को खेल नोभेम्बर ६ मा बंगलादेशसँग हुनेछ । पाकिस्तानले यो खेल पनि जितेमा ६ अंक पाउनेछ । यो जितको कुरा हो जुन पाकिस्तानलाई अझै आवश्यक छ। अब कुरा गरौं चमत्कारको, जुन भएन भने पाकिस्तानी टोली अन्तिम चारमा पुग्न सक्दैन ।

यदि यो चमत्कार दुई खेल मध्ये कुनै एकमा भयो भने बाबर आजमको टोली सेमिफाइनल पुग्ने छ । यी दुई खेलहरू दक्षिण अफ्रिका भर्सेस् नेदरल्याण्ड र भारत भर्सेस् जिम्बाब्वे हुन् । यदि दक्षिण अफ्रिका वा भारतले आफ्नो अन्तिम खेल हारे भने पाकिस्तानले बंगलादेशलाई हराएमा सेमिफाइनल पुग्ने छ।

दक्षिण अफ्रिकाको हाल पाँच खेलबाट पाँच अंक छ । उनको अन्तिम खेल नेदरल्यान्ड्ससँग छ । यो खेलमा जितसँगै दक्षिण अफ्रिकाको टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

भारतको अन्तिम खेल जिम्बावेसँग छ । उक्त खेलमा जित भएमा वा वर्षाका कारण नतिजा नआएमा भारतीय टोली सेमिफाइनलमा पुग्ने छ । तर, यदि भारतीय टोलीले हार्यो भने पाकिस्तान र बंगलादेश तथा दक्षिण अफ्रिका र नेदरल्यान्ड्सको खेलमा के भयो त्यो हेर्नु पर्छ।

यदि पाकिस्तान वा दक्षिण अफ्रिकाको कुनै टोलीले आफ्नो अन्तिम खेल हारे भने भारतीय टोली जिम्बाब्वेसँग खेल हारे पनि सेमिफाइनलमा पुग्नेछ। भारत र जिम्बाब्वेबीचको खेलअघि पाकिस्तान र दक्षिण अफ्रिकाको अन्तिम खेल हुँदैछ ।