युइएफए च्याम्पियन्स लिगमा पिएसजी समुह बिजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश।

एजेन्सी := युभेन्ट्सलाई २–१ गोल अन्तरले पराजित गरेपनि पेरिस सेन्ड जर्मेन पिएसजी युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह ‘एच’को उपविजेता रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे । उनले एक गोल सहित एक असिस्ट प्रदान गरे । यसैगरि नुनो मेन्डिसले एक गोल थपे । एब्बाप्पेको गोलमा भने स्टार खेलाडी लियोनल मेस्सीको असिस्ट रहेको थियो ।

युभेन्ट्सका लागि लिओनार्दाे बोनुचीले गोल गरेपनि पर्याप्त रहेन। समूह ‘एच’ कै अर्काे खेलमा बेन्फिकाले मकाबी हैफालाई ६–१ अन्तरले पराजित गर्दै समूह विजेता बन्यो ।

समान ६ खेलबाट पिएसजी र बेन्फिकाको समान १४ अंक छ । हेड टु हेडमा मा बेन्फिका शीर्षस्थानमा रह्यो । यस बाहेक समान तीन अंक बनाएका युभेन्ट्स र मकाबी समूह चरणबाट माथि बढ्न सकेनन् ।