काठमाडौं := २०७२ सालमा थरुहट आन्दोलनको क्रममा कैलालीको टीकापुरमा भएको घटनामा दोषी ठहर भएर जेलमा कैद भुक्तान गरिरहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ।
उनले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया-२ मा प्रतिनिधि सभामा उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली-१ मा उम्मेदवारी दिएर अत्याधिक बहुमतले निर्वाचित भएका थिए। जिल्ला र उच्च अदालतले दोषी ठहर गरेका चौधरीले डिल्लीबजार कारागारमा बसेर आफूमाथिको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्।
रेशमको उम्मेदवारी खारेज भएपछि उनले उम्मेदवारी दिएको क्षेत्रमा नाराबाजी सुरु भएको छ। साथै यता पार्टीले अब सो क्षेत्रबाट रेशम चौधरीको बुवा लालबिर चौधरीलाई उठाउने तयारी गरिरहेको छ।




















