यूईएफए च्याम्पियन्स लिग फुटबल: म्यानचेस्टर सिटी बराबरीमा रोकियो।

एजेन्सी := यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । समूह चरण अन्तर्गत मंगलवार राति सिटीले एफसी कोपनहेगनसँग गोलरहित बराबरी खेलेको हो ।

यस बराबरीमा रहेपनि सिटी समूह ‘जी’ को शीर्ष स्थानमा रहेको छ । सिटीले ४ खेलमा १० अंक जोडेको छ । कोपनहेगन २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।