काठमाडौं := चुनाव नजिकिदै जाँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको गठबन्धनभित्र असन्तुष्टि बढेको छ। एमाले-जसपा-राप्रपासहित अन्य साना दलहरु गठबन्धन गरेर चुनावमा जानेसहमति अनुसार टिकटमा भागबण्डा गरेपछि पार्टीहरुमा आन्तरिक असमझदमरी बढेको हो ।
ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फरक मत राख्ने नेताहरुलाई टिकटबाट बञ्चित गरेको भन्दै कार्यकर्ता तहमा व्यापक असन्तुष्टि चुलिएको छ। एमालेबाट टिकट नपाएपछि नेता रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ ।
यो समाचार आजको नेपालसमाचारपत्र दैनिकमा प्रकाशित छ ।




















