नेपाली कांग्रेसस पार्टीभित्र उम्मेदवार छनोटलाई लिएर तीव्र असन्तुष्टि।

काठमाडौं := नेपाली कांग्रेससभित्र उम्मेदवार छनोटलाई लिएर तीव्र असन्तुष्टि देखिएको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आइतबार बिहानमात्र कांग्रेसले उम्मेदवारको टुंगो लगाएको हो । उम्मेदवार चयनमा असन्तुष्टि जनाउँदै विभिन्न निर्वाचन क्षेत्रमा कांग्रेसका नेताले आधिकारिक उम्मेदवारविरुद्ध विद्रोह गरी उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग चुनावी तालमेल गर्दा प्रतिनिधिसभातर्फका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ९१ वटा कांग्रेसको भागमा परेका छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।