क्वालालम्पुर (मलेसिया):= नेपाली हिन्दू धर्मावलम्बीहरुको महान चाडपर्व विजय दशमी तथा शुभ दीपवाली र छ्ठ पर्वको अवसरमा एस.टी.बि टीमले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ।
“लाहुरे खाडीको” बोलको उक्त गीतमा हाल मलेसियामा कार्यरत रहनु भएका नव गायक विशाल गुरुङ् र हेमन राईको स्वर,सुनिल भोम्न्जनको शब्द रहेको छ , भने कार्साङ लामाको संगीत रहेको छ।
उक्त गित विशेषगरि प्रवासमा रहेको युवाहरूको वास्तविक कथा आफू आफ्नो देशमा रोजगार नभई र बिभिध कारणले बिदेशिनु परेको पीडा र युवाहारु प्रबास मै भयपनी देशप्रतिको माया सम्मान कमी नभएको सन्देश दिएको सब्दहरुलाई समेटेर तयार गरिएको गीत रहेको सर्जक टिमको ठम्याइ रहेको छ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :




















