मनी लान्ड्रिङ मुद्दामा ज्याकलिन फर्नान्डिजलाई राहत मिल्यो।

एजेन्सी (मुुम्बई):= मनी लान्ड्रिङ मुद्दामा ज्याकलिन फर्नान्डिजलाई राहत मिलेको छ । उहाँलाई सुकेश चन्द्रशेखरसँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा राहत मिलेको हो। अदालतले ज्याकलिन फर्नान्डेजलाई अन्तरिम जमानत दिएको छ ।

यसअघि ज्याकलिन फर्नान्डेज दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सोमबार पटियाला अदालतमा हाजिर हुनुभएको थियो । सुकेश चन्द्रशेखरसँग सम्बन्धित दुई सय करोड ठगीको मामलामा दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले ज्याकलिनसँग करिब आठ घण्टा सोधपुछ गरेको थियो।

सोधपुछका क्रममा ज्याकलिनले केही प्रश्नको जवाफ दिन टालेको बताइएको छ । ज्याकलिनबाहेक दिल्ली प्रहरीको आर्थिक अपराध शाखालेले पिंकी इरानीलाई पनि बोलाएको थियो । यस्तै यो मुद्दामा अर्की अभिनेत्री नोरा फतेहीसँग पनि प्रहरीले सोधपुछ गरेको छ । यो मुद्दा दुई सय करोड भारतीय रुपैयाँको ठगीको रहेको छ ।

चन्द्रशेखर हाल दिल्लीको तिहाड जेलमा हुनुहुन्छ । चन्द्रशेखरले ज्याकलिनलाई धेरै उपहार दिएको जसमा ५७ लाखको घोडा पनि दिएको आरोप पत्रमा उल्लेख छ । यसबाहेक ज्याकलिनले चन्द्रशेखरबाट पाएका उपहार र नगदको विवरण आरोप पत्रमा छ ।