आफूले अपलोड गरेका फोटो, भिडियो डाउनलोड गरेर फेसबुक अकाउन्ट कसरी डिलिट गर्ने?

एजेन्सी := सोसल मिडियाको संसारमा फेसबुक निकै ठूलो शक्तिको रुपमा स्थापित छ । तर यदि तपाईंले आफूलाई फेसबुकबाट टाढा राख्न चाहनुभएको छ भने फेसबुकसँगको सम्बन्ध तोड्नु राम्रो बिकल्प हो । त्यसका लागि तपाईंले आफ्नो अकाउन्ट डिलिट गर्नुपर्छ ।
एकाउन्ट डिलिट गर्न त हुन्थ्यो तर फेसबुकमा अपलोड गरेका आफ्ना फोटो, भिडियो तथा मेसेजको माया लाग्छ भने त्यसको पनि उपाय छ। अकाउन्ट डिलिट गर्नुअघि तपाईंले फेसबुकबाट आफ्ना निजी डाटा डाउनलोड गर्न सक्नुहुन्छ ।

फोनबाट फेसबुक डिलिट गर्नका लागि :

आफ्नो स्मार्टफोनमा फेसबुक एप खोल्नुहोस्

स्क्रिनको तल दायाँ छेउमा रहेको तिनवटा ठाडो लाइन अर्थात् ह्याम्बर्गर मेन्यूमा ट्याप गर्नुहोस् सेटिङ एण्ड प्राइभेसी अप्सनसम्म स्क्रोल डाउन गरी त्यसमा थिच्नुहोस् र त्यसपछि देखिने सेटिङ अप्सनमा थिच्नुहोस्

एसेस एण्ड कन्ट्रोल अप्सनमा ट्याप गर्नुहोस्

त्यसपछि डिएक्टिभ एण्ड डिलिड अप्सनमा थिच्नुहोस्

अनि डिलिट अकाउन्ट अप्सन छानेर कन्टिन्यु टु अकाउन्ट डिलिसनमा ट्याप गर्नुहोस्

त्यसपछि कन्टिन्यु अप्सनमा थिच्नुहोस् ।

त्यसपछि डिलिट अकाउन्टमा ट्याप गर्नुहोस् । यसो गर्दा फेसबुक अकाउन्ट तथा डाटाहरु स्थायी रुपमा डिलिट हुन्छन् ।

तपाईंले यसरी फेसबुक अकाउन्ट डिलिट गर्नु अगाडि आफ्नो पोस्ट, फोटो तथा भिडियो लगायतका फेसबुक डाटाहरु डाउनलोड गर्ने अप्सन अर्को स्क्रिनमा देख्न सक्नुहुन्छ ।

तपाईंले आफ्नो अकाउन्ट डिलिट गरिसकेपछि पूरै डाटा मेट्नका लागि फेसबुकलाई ९० दिनसम्म लाग्दछ । फेसबुक डिलिट गरेको ३० दिनभित्र लगइन गरेर तपाईंले आफ्नो फेसबुक अकाउन्ट पुनस्थापित गर्न सक्नुहुन्छ ।

कम्प्युटरबाट फेसबुक अकाउन्ट डिलिट गर्नका लागि :

फेसबुक अकाउन्ट लगइन गर्नुहोस्

माथिल्लो दायाँ कुनामा रहेको प्रोफाइल पिक्चरमा क्लिक गर्नुहोस्
ड्रपडाउन मेन्यूमा रहेको सेटिङ एण्ड प्राइभेसीमा क्लिक गरी सेटिङमा क्लिक गर्नुहोस्


बायाँ साइडबारमा रहेको प्राइभेसीमा क्लिक गर्नुहोस्


त्यसपछि बायाँ साइडबारमा रहेको योर फेसबुक इन्फरमेसनमा क्लिक गर्नुहोस् ।
डिएक्टिभेसन एण्ड डिलिसन खण्डको छेउमै रहेको भ्यू अप्सनमा क्लिक गर्नुहोस् ।

अर्को स्क्रिनमा तपाईँले दुईवटा अप्सन देख्न सक्नुहुन्छ । एउटा अप्सन अकाउन्ट डिएक्टिभेट गर्ने र दोश्रो अकाउन्ट डिलिट गर्ने । अकाउन्ट डिएक्टिभेट गर्दा तपाईंको फेसबुक प्रोफाइल अरुले देख्नेछैनन् । तर पनि तपाईंले मेसेन्जर प्रयोग गर्न सक्नुहुन्छ । अकाउन्ट डिलिट गर्दा फेसबुक अकाउन्ट स्थायी रुपमै डिलिट हुनेछ ।

डिलिट अकाउन्ट अप्सन छान्नुहोस् र कन्टिन्यु टु अकाउन्ट डिलिसनमा क्लिक गर्नुहोस् ।

त्यसपछि कन्टिन्युमा क्लिक गर्नुहोस् ।

अर्को पेजमा तपाईंलाई आफ्नो मेसेन्जर कायम राख्न चाहुनुहन्छ तथा फोटो, भिडियो तथा पोस्टहरु लगायतका फेसबुक डाटा डाउनलोड गर्न चाहुनुुहुन्छ कि भनेर सोधिन्छ ।

तपाईंले त्यहाँबाट फेसबुकका डाटा डाउनलोड गर्न सक्नुहुन्छ ।

त्यसपछि आफ्नो फेसबुक अकाउन्ट डिलिट गर्नका लागि डिलिट अकाउन्टमा क्लिक गर्नुहोस् ।

यसरी डिलिट गरेको ९० दिनभित्रमा तपाइँको फेसबुकका सबै डाटा डिलिट हुन्छन् । तर ३० दिनभित्रमा लगइन गरेर तपाइँले आफ्नो फेसबुक अकाउन्ट पुनर्स्थापित गर्न सक्नुुहुन्छ ।

– एजेन्सीको सहयोगमा