नेपाली रेस्लर जुरेलीले भारतीय पुरुष रेस्लरलाई पराजित गर्यो।

काठमाडौं:= नेपालकी अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गर्नुभएको छ । नेपाल महिला रेस्लिङ फाउण्डेसनद्वारा आयोजित प्रतियोगतामा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेको आयोजककी अध्यक्ष भगवती खड्काले जानकारी गराउनुभएको हो ।

विजयादशमी तथा तिहारको उपलक्ष्यमा भृकुटीमण्डपमा भएको प्रतियोगिताको रोयल नम्बर म्याचमा नेपाली ब्रोले अमेरिकाका जेबी पुनलाई हराउनुभयो । सिंगल्स म्याचमै पाकिस्तानका कल्हा अलीले नेपालका कृष्ण मगर तथा भारतका अमितले नेपालका अभिराज सिंहलाई पन्छाउनुभयो ।

पाकिस्तानका शेर खान र नेपालका हिक्मत थपलिया (स्कोरपियो) बीचको खेल रद्द गरिएको अध्यक्ष खड्काले जानकारी गराउनुभयो । एकदिने प्रतियोगितामा नेपालबाट एक महिलासहित पाँच, अमेरिकाबाट एक तथा भारत र पाकिस्तानबाट दुई-दुई गरी १० रेस्लर सहभागी हुनुहुन्थ्यो ।