आक्रामक ब्यापार गरेका फिल्म ‘ब्रह्मास्त्र’ को दोस्रो श्रृखंला ३ वर्षपछि बन्ने।

एजेन्सी(मुम्बई):= बलिउड अभिनेता रणबीर कपूर अभिनीत फिल्म ‘ब्रह्मास्त्र’ ले भारतीय बक्सअफिसमा आक्रामक कलेक्सन गरिरहेको छ । प्रदर्शनको तीन दिनमै सय करोडको आँकडा सजिलै पार गरेको फिल्मको भिएफएक्स पार्टलाई अत्याधिक रुचाइएको छ।

४ सय १० करोडमा निर्माण भएको ‘ब्रह्मास्त्र’मा रणबीरका अलावा आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन, मौनी रोयको पनि अभिनय रहेको छ । फिल्ममा शाहरुख खान केमियो भूमिकामा देखिएका छन् । अब यो फिल्मको दोस्रो भाग ‘देवा’ को प्रतिक्षा दर्शकले व्यग्र रुपमा गरिरहेका छन् । तर, यो फिल्मको दोसो पार्ट हेर्न झन्डै तीन वर्ष पर्खिनु पर्ने देखिएको छ।

निर्देशक अयान मुखर्जीले सन् २०२५ मा फिल्मको दोस्रो श्रृखंला रिलिज गर्ने तयारी रहेको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘२०२५ को डिसेम्बरमा दोस्रो श्रृखंला रिलिज गर्ने तयारी भइरहेको छ । फिल्मको स्क्रिप्टको काम पहिला देखि नै चलिरहेको छ । हामीले कयौं अध्ययनका साथ लेखन पनि गरिसकेका छौं । यसप्रकारको फिल्मलाई कसरी बनाउने भन्ने कुरा पहिलो श्रृखंलाबाट सिकेका छौं ।’

यसप्रकारको फिल्मका लागि प्रि प्रोडक्शन, भिएफएक्स र पोस्ट प्रोडक्शनमा पर्याप्त समय चाहिने भएकाले छायांकनमा निस्कन र प्रदर्शनका लागि हतार नगर्ने निर्देशक मुखर्जीको बताएका छन्।