श्रीलंकामा जारी यु-१७ पुरुष साफ च्याम्पियनसिपमा नेपालले भारतलाई ३–१ गोल हरायो।

एजेन्सी := श्रीलंकामा जारी यु-१७ पुरुष साफ च्याम्पियनसिप फुटबल खेलअन्तर्गत नेपालले भारतविरुद्ध सानदार पूनरागमन जित निकालेको छ । श्रीलंकाको कोलम्बोमा भएको खेलमा नेपालले भारतमाथि ३–१ गोल अन्तरको सानदार जित निकालेको हो ।

खेलको २५ औं मिनेटमा ड्यानी मेइटिइले गरेको गोलबाट भारतले अग्रता बनाएको थियो । तर, पहिलो हाफको अन्तिम मिनेटमा सरोज दर्लामीमगरले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । सरोजले करिव १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट बली गोल गरेका थिए ।

खेलको ४९औं मिनेटमा युनेश बुढाथोकीले नेपाललाई २-१ को अग्रता दिलाए । ६७ औं मिनेटमा सुवास बमले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाए ।

समूह बीमा खेलेका दुवै खेल जितेको नेपाल ६ अंकसहित समूह विजेता बनेर सेमिफाइनलम पुगेको छ। भारत भने ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। यो समूहमा रहेको भूटान भने नेपाल र भारत दुवै देशको टिमसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको छ ।