क्वालालम्पुर (मलेसिया):= मलेसियामा रहेका लाखौं नेपाली श्रमिकहरुमध्य श्रम स्वीकृतिको म्याद सकिएका नेपालीहरुको लागि सजिलो र सहयोग होस् भन्ने हेतुले अनलाईन श्रम स्वीकृतिको काममा सहजीकरण गर्ने उदेश्यले प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) मलेसियाले आफ्ना स्वयंसेवकहरु परिचालन गरेको छ।
पिएनसीसी संस्थाले मलेसियाको प्रमुख तीन सहर राजधानी क्वालालम्पुर , पेनाङ र जोहोरबारुमा आफ्ना स्वयंसेवक परिचालन गरेको छ। स्वयंसेवकको रुपमा क्वालालम्पुरको लागि जागिर धन गुरुङ , पेनाङको लागि सुरेश कुमार देवकोटा र जोहोरबारुको लागि सुरेन्द्र महतोलाई अनलाईन श्रम स्वीकृति काममा सहजीकरण गर्न जिम्मेवारी तोकिएको छ।
वैदेशिक रोजगार बिभागले श्रमिकको सामाजिक सुरक्षा जोखिम न्यूनिकरण गर्न वैदेशिक रोजगार कल्याणकारी कोषमा योगदान गर्ने र आवधिक वीमा रकम बुझाई अनलाईन मार्फत पुःन श्रम स्वीकृति लिन सकिने व्यवस्था भए बमोजिम अनलाईन प्रकृयाबाट पुःन श्रम स्वीकृति लिन असमर्थ मलेसियामा कार्यरत श्रमिकको सहायताका लागि संस्थाले स्वयंसेवक परिचालन गरेको हो ।
श्रम स्वीकृति रिनियुको लागि तलको सम्पर्क नम्बरमा फोन कल अथवा ह्वाट्सएप मार्फत म्यासेज गर्न सक्नुहुनेछ्।
सुरेन्द्र महतो (जोहोरबारु) : +६०१०२५२१४०७
जागिर गुरुङ (क्वालालम्पुर): +६०११२३०५७५५०
सुरेश कुमार देवकोटा (पेनाङ): +६०१८९४१३७५९




















