एजेन्सी:= बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएको छ। ९६ वर्षको उमेरमा बिहीबार उनको निधन भएको बिबिसीले जनाएको छ । बकिङ्घम प्यालेसले स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको पुष्टि गरेको छ । उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् । उनी सन् १९५२ मा महारानी बनेकी थिइन्।
अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् । एलिजाबेथ द्वितीयको निधनसँगै संसारभरका जनताले ठाउँ–ठाउँमा फूल चढाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। बेलायतको राजदरबार बकिङ्घम प्यालेस अगाडि बाहिर हजारौं मानिस भेला भएर उनको शोकमा फूल चढाइरहेका छन्। केहीले आधा झण्डा झुकेको दरबारको तस्बिर खिचिरहेका छन्।



















