सन्दीप लामिछानेको करियर धरापमा , जमैका तलवाजले आफ्नो टोलीबाट हटायो।

काठमाडौं := एक नाबालिग युवतीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर खेलाडी सन्दिप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग क्लब जमैका तलवाजले आफ्नो टोलीबाट हटाएको छ।

सन्दिपविरुद्ध नेपालमा पक्राउ पुर्जी जारी भएपछि टोलीले उनलाई हटाएको हो । क्यारेबियन प्रिमियर लिग (सिपिएल) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दिप लामिछाने अब जारी सिजनको सिपिएलका कुनै पनि खेलमा सहभागि नहुने स्पष्ट पारेको छ ।

केन्या विरुद्धको क्रिकेट श्रृंखला खेल्न जानुअघि सन्दिपले आफुलाई बलात्कार गरेको भन्दै एक नाबालिग किशोरीले गौशाला प्रहरी वृत्तमा उजुरी दिएपछि क्रिकेटर सन्दिप अपराध अनुसन्धानमा तानिएका हुन् ।

साथै नेपाल प्रहरीले सन्दीप विरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ , भने नेपाल क्रिकेट एशोसियसन (क्यान) ले सन्दीपलाई नेपाली राष्ट्रिय टोलीको कप्तानबाट र टिमबाट हटाईसकेको छ।

जमैका तलवाजले भोलि शनिबार ट्रिनबागो नाइट राइडर्स विरुद्धको खेलका लागि तयार पारेको सूचीमा सन्दिपको नाम राखेको छैन । क्लबले सम्झौता खारेज गरेपछि अब सन्दिपले तत्काल जमैका छाड्नुपर्ने बताईएको छ ।