काठमाडौं महानगर – विद्युत प्राधिकरण द्वन्द्व: कर भर्सेज महसुल।

काठमाडौं := काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच ‘कर भर्सेज द्वन्द्व’ चलेको छ। महानगरपालिकाले प्राधिकरणलाई सम्पत्ति कर तिर्न अल्टिमेटम दिएको र प्रतिउत्तरमा प्राधिकरणले महानगरपालिकाबाटै वर्षौंदेखि विद्युत् महसुल बक्यौता रहेको जनाएपछि दुई निकायबीचको द्वन्द्व सतहमा आएको हो ।

महानगरपालिकाले गत मंगलबार प्राधिकरणलगायत १७ वटा संस्थालाई सम्पत्ति कर तिर्न १० दिने अल्टिमेटम दिएको थियो ।उक्त अल्टिमेटमपछि प्राधिकरण अधिकारीहरूले महानगरपालिका स्वयंले प्राधिकरणलाई अर्बौं रुपैयाँ विद्युत् महसुल तिर्न बाँकी रहेको तथा महानगरपालिकाद्वारा अल्टिमेटम दिइएको सम्पत्ति कर प्राधिकरण ऐनअनुसार तिर्नु नपर्ने जिकिर गरेका छन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।