काठमाडौं :=नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोगमा प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा छाडिएको छ।
प्रहरीले बोलाएको बेला पछि उपस्थित हुने गरी बिहीबार उनलाई हिरासतबाट छाडेको काठमाडौंका सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए।
कोरोना संक्रमण पुष्टि भएको कारण उनलाई छाडिएको हो । जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो ।



















