पक्राउ पुर्जी जारी भएपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने पदबाट निलम्बित।

काठमाडौं := नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई क्यानले निलम्बन गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम शाहले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

यसअघि आजै बालिका करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ अन्तर्गत परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेउपर थप अनुसन्धान गर्नका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी जनाएको छ । लामिछाने लिग क्रिकेट खेलका सिलसिलामा हाल मुलुक बाहिर छन् ।