काठमाडौं:= कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लैजाने नेपाली युवाको संख्या करिब दोब्बर बनाएको छ। ईपीएसबाट कोरिया जाने नेपाली युवाको छनोट संख्या ८ हजारबाट बढाएर १४ हजार ९१३ पुर्याएको हो ।
कृषि क्षेत्रका सहित छनोट संख्या १७ हजार ६५४ पुगेको छ । यसअघि एचआरडी कोरियाले पहिलो र दोस्रो चरण गरेर ६ हजार ९१३ नेपाली युवामात्र लैजाने गरी भाषा परीक्षा गर्न वैदेशिक रोजगार विभाग ईपीएस शाखालाई अनुरोध गरेको थियो ।
शाखाका निर्देशक पुष्पराज कटुवालले उत्पादनमूलक क्षेत्रतर्फको पहिलो र दोस्रो चरणको कोरियन भाषा परीक्षा (ईपीएस टपिक, यूबिटी २०२२) बाट उत्तिर्ण हुने अनुमानित संख्या ६ हजार ९१३ हुने उल्लेख भएकोमा दुवै चरणको परीक्षाबाट उत्तिर्ण हुने संख्या थप ८ हजारको रोष्टर तयार गर्न अनुरोध भएको बताए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।