नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको क्रिकेट भदौ २३ बाट।

पोखरा := राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको क्रिकेट खेल भने यही भदौ २३ देखि असोज ३१ गतेसम्म काठमाडौंको कीर्तिपुर मैदानमा हुनेछ।

क्रिकेटको अन्तर्राष्ट्रिय खेलतालिकासँग नबाझिने गरी आयोजना गरिदिन नेपाल क्रिकेट संघ क्यानबाट भएको आग्रह र प्रस्ताव गरेको मिति र स्थान सम्बन्धमा सहभागी ११ वटै टिमलाई पत्राचार गरिएको र सहभागी सबै टिमबाट समेत सहमति भएपछि उक्त मिति र स्थानमा खेल हुन लागेको राखेपले जनाएको छ ।

खेलाडीहरूलाई बसोबास, खेलस्थलसम्मको आवतजावतका लागि यातायात, खेलमैदान तथा प्रविधिक र अन्य पक्षको तयारी सकिएको समेत राखेपले जनाएको छ ।