भक्तपुर := आगामी मंसिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
प्रतिनिधिसभा सदस्य बस्नेत आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस हुनुभएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो ।
उम्मेदवारका लागि बस्नेत र नेता निर्मल भट्टराईले पार्टी कार्यालयमा आवेदन दिए पनि आज बसेको जिल्ला कमिटी बैठकको सिङ्गो हलले नेता बस्नेतको विकल्पमा एमालेमा अर्को उम्मेदवार हुनै नसक्ने भन्दै सर्वसम्मतरूपमा बस्नेतको नाम पारित गरेको बैठकमा सहभागी नेताहरुले जानकारी दिनुभयो ।
नेता बस्नेतले यस् अघि २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गर्नुभएको थियो। नेता बस्नेत बेला – बेला विवादास्पद कुरा गरेर चर्चामा आउने गर्दछ्न्।




















