इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो जीत।

एजेन्सी := म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित निकालेको छ । बिहीबार राति किंग पावर स्टेडियममा भएको खेलमा लेस्टर सिटीलाई युनाइटेडले १-० ले पराजित गरेको हो ।

खेल सुरु भएको २३औं मिनेटमा मार्कस रसफोर्डले दिएको पासको सदुपयोग गर्दै जाडोन सान्चोले गोल गरेका थिए । युनाइटेडले यसअघि लिभरपुल र साउथह्याम्पटनलाई पराजित गरेको थियो ।

यो जितपछि युनाइटेडको पाँच खेलबाट नौ अंकसँगै पाँचौं स्थानमा उक्लिएको छ भने लेस्टर अहिलेसम्म जितविहीन छ । लेस्टर पाँच खेलबाट एकै अंकमा सीमित रहेर अंकतालिकाको सबैभन्दा अन्तिम स्थानमा छ ।