एजेन्सी := श्रीलंका एशिया कप क्रिकेटको सुपर फोरमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बंगलादेशमाथि २ विकेटको रोमाञ्चक जीत निकाल्दै श्रीलंका सुपर फोरमा प्रवेश गरेको हो ।
पराजित भएको बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । बंगलादेशले दिएको १८४ रनको विशाल लक्ष्य श्रीलंकाले अन्तिम ओभरको ४ बल बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गरेको थियो ।
पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो । यो जीत पछि श्रीलंका सुपर फोरमा प्रवेश गर्न सफल हुँदा गत संस्करणको उप विजेता बंगलादेश समूह चरणबाटै बाहिर भएको छ ।
अहिलेसम्म सुपर फोरमा पुग्ने तीन टिमको टुंगो लागेको छ ।समूह ‘ए’बाट भारत र श्रीलंकाले सुपर फोरमा स्थान पक्का गर्दा समूह ‘बी’बाट अफगानिस्तानले पक्का गरेको छ । आज पाकिस्तान र हंङकङबीचको विजेताले सुपर फोरमा स्थान पक्का गर्ने छ ।




















