धरान := धरान उपमहानगरपालिकामा गएको स्थानीय चुनावमा स्वतन्त्र रुपमा उठेर बहुमतका साथ मेयरमा जितेका मेयर हर्क साम्पाङ राई पछिल्लो समय सामाजिक संजालमा निकै सक्रिय देखिन्छन। लगातार एकपछि अर्को फेसबुक स्टाटसले मेयर साम्पाङलाई बेला बेल तनाव पनि हुने गरेको देखिन्छ ।
सोहि क्रममा आफूमाथि सामाजिक सञ्जालमा जथाभावी एकदमै गालीगलौज गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् ।बिहीबार बिहान उनले फेसबुकमार्फत् गाली गर्नेलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिँदै भनेका छन्- ‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ ! अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’

मेयर साम्पाङले यसपछि अर्को स्टाटस लेख्दै लोकतन्त्रमा विरोध गर्न पाइने तर, तल्लो स्तरको शब्द प्रयोग गरेर गालि गर्ने छुट कसैलाई नभएकाे पनि बताएका छन् । यसले उनकाे आफनै स्टाटसको बचाउ गर्दछ ।
पछिल्लोसमय काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कार्यशैलीको निरन्तर विरोध गरिरहेका मेयर साम्पाङको लोकप्रिय खस्कनुका साथै सामाजिक सञ्जालमा गालीगलौज गर्नेको ओइरो लाग्ने गर्दछ ।





















