निलम्बित प्रधानन्यायाधीशसँग बयान : ४३–४४ वटा प्रश्न सोध्ने तयारी।

काठमाडौं := निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेको महाअभियोग आरोपबारे ‘भावनात्मक’ जवाफ दिएका छन् । उनीमाथि संसद्को महाभियोग सिफारिस समितिले आज बिहीबार फेरि बयान लिँदै छ ।

समितिमा बुधबार उपस्थिति राणासँगको बयान नसकिएपछि बिहीबार बिहान ११ बजे फेरि बोलाइएको हो। सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समिति बैठक कक्षमा बुधबार ‘महाभियोगबारे तपाईंको के छ धारणा ? भनेर उहाँसँग सोधपुछ गर्‍यौं,’ नेपाली कांग्रेस सचेतकसमेत रहेका महाभियोग सिफारिस समिति सदस्य मीन विश्वकर्माले भने, ‘उहाँले यो अभियोग किन लगाइयो ? किन छलफलमा आयो ? भन्ने जिज्ञासा राख्नुभएको छ ।’

राणाले ‘सीमाबाहिर प्रतिरक्षाका लागि केही कुरा राख्न खोजेको’समेत विश्वकर्माले उल्लेख गरे । ‘संविधानको व्यवस्थाले न्यायपालिकाभित्र भएका सबै गतिविधि र फैसलाको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्नेमा उहाँले अरूको टाउकोमा थुपार्न खोज्नु नै सीमा बाहिरको हो,’ उनले थपे ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।