मोरङ:= नेपाली सिनेजगतकी चर्चित अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिने भएकी छिन्।
अभिनेत्री थापाले मंगलबार मोरङ पुगेरनै मोरङको क्षेत्र नम्बर. ३ बाट सांसद पदको लागि उम्मेदवार बन्ने घोषणा गरेकी हुन्।यसअघि नै उनलाई पार्टीको स्थानीय समितिले उम्मेदवारीमा सिफारिस गरेको थियो।
रेखाको घर सुन्दरहरैंचा मोरङ क्षेत्र नम्बर ३ मा पर्छ। गृहजिल्लाकै स्थानीय कार्यकता र जनताको आग्रहमा आफू चुनावी मैदानमा होमिएको उनले बताइन्। महिला नेतृहरू पनि प्रत्यक्ष निर्वाचनमा आउनुपर्छ भन्ने सोचका कारण चुनाव लड्न तयार भएको थापाले सुनाइन्।
‘हाम्रो देशको अवस्था निकै दयनिय छ। महिलाहरू सुरक्षित छैनन्, युवाहरू विदेशिन बाध्य छन् र क्षमता भएका मानिसहरूको सदुप्रयोग हुन सकेको छैन। तिनै पुराना अनुहारलाई हटाउनुपर्छ भन्ने उद्धेश्यले मैले उम्मेदवारी घोषणा गरेकी हुँ,’ उनले भनिन्।




















