काठमाडौं महानगर र मेयर बालेनको आगामी एक्सन: राजधनीको पाँचतारे ठूला होटल र भवन।

काठमाडौं := काठमाडौं महानगरपालिकाले अबको एक्सन राजधनीको पाँचतारे ठूला होटलमा गर्ने तयारी गरेको छ ।महानगरले एक दुई दिनमा भूमिगत तलामा क्यासिनो र पसल सञ्चालन गरिरहेका होटललाई कारबाही गर्ने तयारी गरेको हो ।

कामपा स्रोतका अनुसार केही होटलले मापदण्डबेगर व्यापार गरिरहेको आँकलन गरेको छ । कतिपयले त भूमिगत तलामा क्यासिनो सञ्चालन गरिरहेको छ । महानगरले त्यस्ता होटेलको विवरण संकलन गरी कारबाही गर्ने अन्तिम तयारी गरेको छ । उच्च स्रोतका अनुसार यसै साता त्यस्ता होटललाई कारबाही गर्नेछ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।