मिस नेसन नेपाल-२०२२ को ताज अनिशा श्रेष्ठलाई।

उहाँले ताजसँगै एक लाख नगद पुरस्कार प्राप्त गर्नुभएको छ । प्रतियोगितामा फस्ट रनरअप पूर्णिमा प्रजापती र सेकेण्ड रनरअप दा लामु शेर्पा रहेको आयोजकले जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको पनि उपस्थिति रहेको थियो ।

सजिलो पेले प्रायोजन गरेको कार्यक्रमको निर्णायक मण्डलमा धु्रव बुढाथोकी, ज्वालाराज पोखरेल, सुमित राणा, स्मारिका शर्मा रहनुभएको थियो । मिस नेसन नेपालको यो पहिलो संस्करण हो ।

प्रतियोगितामा भिवोर्स चोइस पेमा शेर्पा, बेष्ट वाल्क पूर्णिमा प्रजापती, मिस फ्रेन्ड्ली मरिना ढुंगेल, मिस कन्फिडेन्स श्वेता शर्मा, मिस ट्यालेन्ट कोमल पौडेल, मिस मल्टिमिडिया आरती, मिस डिसिप्लिन अञ्जु थामी, बेस्ट पर्सनालिटी संगम बस्नेत, मिस फोटोजेनिक मनिला राणा रहेको बताइएको छ ।