चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्र ‘प्रेमगीत ३’ को टिमलाई सम्मान।

काठमाडौं:= नेपाली चलचित्र ‘प्रेमगीत ३’ को टिमलाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ । नेपाली चलचित्र क्षेत्रको प्रोत्साहनका लागी सदैव अग्रसर रहने वाचा गरेका विकास बोर्ड अध्यक्ष भुवन केसीले त्यसको सुरुवात गर्नुभएको हो। बोर्ड अध्यक्ष नियुक्त भएको केही सातापछि आइतबार उहाँले बोर्डआमा कार्यक्रमको आयोजन गर्दै हिन्दी भाषामा समेत रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत ३’ को टिमलाई सम्मान गरेको हो ।

भुवनले चलचित्र विकास बोर्डबाट प्रोत्साहन मिलोस आगामी दिनमा अझै राम्रो काम गर्ने इच्छा बढोस भनेर सम्मान गरिएको बताउनुभयो । ‘प्रेमगीत ३’ टिमको तर्फबाट निर्देशक तथा निर्माता सन्तोष शेन, नायक शिव श्रेष्ठ, कलाकार सुनिल थापा, मनिष राउत, प्रेम पुरीलगायत उपस्थित रहनु भएको थियो । प्रदीप खड्का र कृष्टिना गुरुङ मुख्य भूमिकामा रहेको चलचित्र असोज ७ गतेबाट रिलिज हुँदैछ ।