साफ यू २० च्याम्पियनसिप: भारतले नेपाललाई ८-० गोलले हरायो,नेपाल फाइनलमा पुग्न कठिन।

भारत:= साफ यू २० च्याम्पियनसिप अन्तर्गत आईतवार सम्पन्न भएको फुटबल खेलमा नेपालले भारतसँग लज्जास्पद हार ब्यहोरेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सम्पन्न खेलमा नेपालले घरेलु टोली भारतसँग ८-० गोलको फराकिलो लज्जास्पद हार ब्यहोरेको हो।

भारतका लागि पार्थिव गोगोइले दुई गोल गरे । टाइसन सिंह लोइटङबम, पाथुप गिमाना, हिमांशु झाङ्ग्रा, मोहमद रिकाज,गुर्किरत सिंह र सुभो पलले एक-एक गोल गरेर ८ गोल पुर्याई फराकिलो जित निकालेको हो।

जितसँगै तीन खेलबाट दोस्रो जित निकालेको भारत र नेपालको समान ६ अंक छ भने लगातार तीन खेलमा जित निकालेको बंगलादेश ९ अंक जोड्दै शीर्षस्थानमा छ।आईतवारनै भएको पहिलो खेलमा बराबरी खेलेका श्रीलंका र माल्दिभ्स फाइनलको होडबाट बाहिरिसकेका छन्। नेपालले अब बंगलादेशसँग खेल्न बाँकी छ।