भारतमा कार्यरत बाँकेका नेपाली श्रमिक मनोज ढकालको निधन।

[ विवश रसाइली ] 

भारत:= रोजगारीको सिलसिलामा भारतको गोवा शहरमा कार्यरत एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बाँके जिल्लाको चिसापानी-३ घर भएका मनोज ढकालको गोवा जिएमसी हस्पिटल मा मृत्यु भएको मृतकको साथीले जानकारी दिए ।

गोवा कलङ्कोट बागा रोड मा रहेको जज ब्रीस्टो रेस्टुरेन्टमा क्यासिएर मा काम गर्दै गरेका धक्का आज बिहान छाती जलन भएको छ भनेर हस्पिटल गरय भर्ना भएका ढकाल दिउँसो तिर डाक्टरले मृत्यु भएको घोषणा गरेको उनका साथीले बताएका छन् ।

उनको बारे गोवा पुलिस र नेपाली नियोगमा जानकारी गराएको र परिवारको सम्पर्कमा कोहि नभएको हुदा मृतक ढकाललाई चिन्नु हुने महानुभावले सम्पर्क गराईदिनु हुन उनका साथी हस्त रसाइलीले अनुरोध गरेको छ।