काठमाडौं := विश्वभरको पासपोर्ट मूल्यांकन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स २०२२ अनुसार अरु देशसँगै विश्वकै कमजोर राहदानी (पासपोर्ट) को सूचीमा नेपाल पनि रहेको छ ।
हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर सुचीमा मध्ये १०६ औं र्याङ्गकको स्थानमा देखिएको छ ।
नेपालको पासपोर्टले ३८ वटा मुलुकमा अनएराइभल भिसामार्फत सोझै पहुँच पाउने रिपोर्टमा उल्लेख छ । नेपालभन्दा मुनि प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन् ।
पासपोर्टको अब्बल अर्थात शक्तिशाली पासपोर्टको पहिलो सूचीमा जापान रहेको छ भने सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान ११२ औँ स्थानमा परेर पुच्छरमा रहेको छ ।
जापानपछि क्रमशः सिंगापुर, तेस्रोमा दक्षिण कोरिया, जर्मनी, स्पेन फिनल्याण्ड, इटाली, लक्जमबर्ग, अष्ट्रियालगायत मुलुकहरु रहेका छन् । यस्तै, सूचीको ६ औँ स्थानमा बेलायत, बेल्जियमलगायत मुलुकहरु रहेका छन् भने ७ औँ नम्बरमा अमेरिका रहेको छ ।




















