मलेसियाले श्रम कानुन उलंघन गरेको भन्दै इन्डोनेसियाले कामदार पठाउन रोक लगायो।

क्वालालम्पुर (मलेसिया):= इन्डोनेसियाले मलेसिया र इन्डोनेसिया दुई देशबीच भएको कामदार भर्ना सम्झौतामा श्रम कानुन, नियमको उल्लङ्घन भएको भन्दै वृक्षारोपण क्षेत्रका लागि भर्ना गर्ने भनिएका हजारौं सहित आफ्ना नागरिकहरूलाई मलेसियामा काम गर्न पठाउन अस्थायी रूपमा रोक लगाएको छ।

यस्तो प्रतिबन्ध निर्णयले मलेसियाको पाल्म आयल क्षेत्रमा ठुलो झटका लागेको छ – विश्वको दोस्रो सबैभन्दा ठूलो पाम आयल (खाने तेल) उत्पादक र विश्वव्यापी आपूर्ति श्रृंखलामा एक प्रमुख लिंक भएका मलेशिया ले अहिले लगभग १२ लाख बिदेशी कामदारहरूको अभावको सामना गरिरहेको बेला इन्डोनेसियाले गरेको यस्तो निर्णयले मलेशियाको आर्थिक अवस्थामा पुन: असर पर्ने साथै तेलको अभाव हुनसक्ने देखिएको छ।

घरेलु कामदारहरूका लागि अनलाइन भर्ती प्रणालीको निरन्तर सञ्चालनले मलेसिया र इन्डोनेसिया बीच अप्रिलमा हस्ताक्षर गरेको सम्झौताको सर्तहरूको मलेसियाले उल्लङ्घन गर्यो, मलेशियन घरपरिवारमा कार्यरत घरेलु महिला कामदारहरूको सुरक्षालाई सुधार नगरे सम्म प्रतिबन्द जारिनै रहिरहने मलेशियाका लागि इन्डोनेसियाका राजदूत हर्मोनोले बताए।

मलेसियाका मानव संशाधन मन्त्री दातुक श्री एम सरावनानले इन्डोनेसियाका अधिकारीहरूबाट आफूलाई प्रतिबन्द गरिएको जानकारी दिएको पत्र प्राप्त भएको पुष्टि गरे । उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सलाई भने कि आफुले यस विषयमा अध्यागमन विभागको निरीक्षण गर्ने गृह मन्त्रालयसँग छलफल गर्ने बताए।

हर्मोनोका अनुसार मलेसियाली रोजगारदाता , कम्पनीहरूले इन्डोनेसियाका करिब २०,००० कामदार चाहिएको उल्लेख सहित आवेदन पेश गरेका थिए, जसमध्ये आधाजसो वृक्षारोपण र उत्पादन क्षेत्रमा कामका लागि माग गरिएका थिए।

मलेशियाका केहि रोजगारदाता , कम्पनीहरुले बिदेशी कामदारहरूलाई गर्ने दुरव्यवहारलाई लिएर हालका वर्षहरूमा बढ्दो चिन्ता बढ्दै गएको छ, पछिल्ला दुई वर्षमा सात मलेसियाली कम्पनीहरूलाई अमेरिकाले “बर्जित श्रम श्रेणीमा अर्थात जबर्जस्ति श्रम गराउने ” भनेर वर्णन गरेकोमा समेत मलेसियाले उत्पादन गरेको माल सामानमा प्रतिबन्ध लगाएको थियो। –  ( Source : Reuters एजेन्सीको सहयोगमा )