खगेन्द्र लामिछाने निर्देशित नयाँ नेपाली चलचित्र ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक।

काठमाडौं:= नेपाली चलचित्र जगतका होनहार अभिनेता खगेन्द्र लामिछाने (पशुपति प्रसाद) को निर्देशनमा बन्न लागेको पहिलो फिल्म ‘पानीफोटो’ को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको उक्त फिल्मको २ मिनेट ४५ सेकेन्टको ट्रेलरमा बेपत्ता छोरालाई कुरेर बसेका बाबुआमाको कथालाई प्रस्तुत गरिएको छ ।

ट्रेलरलाई हेर्दा माओवादी जनयुद्धको समयमा डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बाबुआमाको पीडा, दु:ख तनाव, निराशालाई फिल्म मार्फत देखाइएको छ।

आगामी साउन १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मको निर्मातामा रोजिना सिटौला र रविन्द्र बज्राचार्य रहेका छ्न , भने अभिनयमा कलाकारद्द्य अनुप बराल, मेनुका प्रधान, खगेन्द्र लामिछाने, मलिका महत, प्रकाश घिमिरे, बुद्धि तामाङ, कमलमणि नेपाल लगायतका कलाकारको भूमिका रहेको देेेख्न सकिन्छ।

फिल्ममा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, अर्जुन कार्कीको स्थलगत सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ । टुकी आर्ट्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको फिल्मको कथा लेखन खगेन्द्र स्वयंमको हो ।

तलको लिङ्कमा क्लिक गरि पूरा भिडियो हेर्नुहोस् :