एकीकृत समाजवादीको प्रवास कमिटीको सपथ ग्रहण सम्पन्न।

[ शेरबहादुर परियार ]

युरोप:= नेकपा (एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

एकीकृत समाजवादीका केन्द्रिय अध्यक्ष माधव नेपालको प्रमुख आतिथ्यमा भर्चुयल अनलाइनमार्फत भएको सपथ ग्रहण कार्यक्रममा सम्मानित नेता झलनाथ खनाल तथा उप – महासचिव डाक्टर विजय पौडेलको उपस्थितिमा प्रवास समन्वय कमिटीका संयोजक श्री प्रसाद शाहले कमिटीलाई सपथ ग्रहण गराएका थिए।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य श्रीप्रसाद शाहको संयोजकत्वमा गठन भएको ४५ सदस्यीय समन्वय कमिटीको सह संयोजकद्वय सुवास पोखरेल(जर्मनी) र भीम कार्की(अमेरिका) छन्। कमिटीको सचिव ध्रुव सुवेदी(अस्ट्रेलिया) र उप सचिवद्वय रामहरी गैरे(कतार) तथा सागर रिजाल(जापान) रहेका छन्।

त्यसैगरी कमिटीको सदस्यहरुमा क्रमशः सीता खरेल(अमेरिका),भानुभक्त पोखरेल (नेपाल),सञ्जय मुडभरी(स्विजरल्याण्ड),अर्जुनखतिवडा(बेलायत),
राधाकृष्ण देउजा(अमेरिका),टीबी कार्की(कतार),टेक गुरुङ(अमेरिका),डाक्टर मनमूर्ति भुर्तेल(रुस),कृष्ण तिवारी(बेलायत),मनोज भुसाल (फिनल्यान्ड),लिलानाथ कोइराला(ओमान),शुभराज बमजन(दक्षिण कोरिया),विमल गौतम (साउदी अरब),युवराज गैरे(कुवेत),टंक कटुवाल(पोल्याण्ड),राजन काफ्ले(आयरल्यान्ड),कृष्ण देवकोटा(जर्मनी),प्रेम गौतम(स्वीडेन),बाला घिमीरे(अमेरिका),यम लामा(अमेरिका),विपिन सापकोटा(युएई),शेरबहादुर परियार(पोल्याण्ड),दीपेन्द्र गजुरेल(स्पेन),राजु गुरुङ(युएई),निराजन सुवेदी(पोर्चुगल),अकल लामा(जर्मनी),हिरामान राई(हङकङ),माधव शाह(अस्ट्रेलिया),पशुपति प्रसाद भण्डारी(नर्वे),दोर्ण सिलवाल(जापान),निगम खनाल(क्यानडा),प्रेम वम्जन(ओमान),देवशमसेर घिसिङ (कुवेत), हरि बहादुर तामाङ(क्रोसिया),चिन्तन बुढामगर(साइप्रस),जिवच्छ यादव(ब्रुनाई),धन बहादुर बोहरा(नेदरल्यान्ड्स),उमेश मोक्तान(बेलायत),अच्युत थपलिया(अस्ट्रेलिया)रहेका छन्।

हाम्रो विद्रोहले नै कम्युनिष्ट आन्दोलन र नेपालको संविधान जोगाएको छ: माधव नेपाल

सपथ ग्रहण कार्यक्रममलाई सम्वोधन गर्दे अध्यक्ष माधव नेपालले नेपालको कम्युनिष्ट आन्दोलन जोगाउन विद्रोह गर्नु परेको र जसले संविधान बिघटन हुनबाट देशलाई जोगाएको बताए। लोकतन्त्र तथा गणतन्त्रको विरुद्धका र पक्षधरताको बीचको लडाई आजको मुख्य अन्तरविरोध हो।

ओलीजी मा आफूलाई सर्वज्ञानी,सर्वज्ञाता, सुपरम्यान र आफूलाई पार्टी र संविधान भन्दा माथी ठान्ने व्यक्तिवाद अझै कायम छ तसर्थ उनको यो प्रवृत्ति रहेसम्म एमालेसंग कार्यगत अकता सम्भव छैन।यद्यपि बिचार,सिद्धान्त र समाजवादको न्युनतम कार्यक्रममा एकमत हुने वाम्पन्थी पार्टीहरूसँगको कार्यगत एकता र पार्टी एकीकरण हुनेछ,उनले भने।

हाम्रो पार्टी नेपालमा क्रियाशील रहेका वाम्पन्थीहरु पार्टीमा सबैभन्दा उत्तम वैचारिक पार्टी हो त्यसको आगामी निर्वाचनबाट पुष्टि हुनेछ।पार्टी आसन्न संघ र प्रदेशको निर्वाचनको तयारीमा होमिएको छ तसर्थ प्रवासमा रहेका समाजवादी आन्दोलनका तपाई यात्रीहरुको सल्लाह,सुझाव र सहयोगको पार्टीले अपेक्षा गरेको अध्यक्ष नेपालले बताए।