आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत आज नेपालले नामिबियाको सामना गर्दै।

यो सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा आज नामिबियालाई हराउँदै सुखद् नतिजाको दाउमा रहेको छ । सिरिजको पहिलो खेलमा भने नामिबिया आयोजक स्कटल्याण्डसँग पराजित भएको थियो ।

लिग टूको अंक तालिकामा नेपाल १६ खेलबाट १५ अंकसहित पाचौं स्थानमा रहेको छ भने नामिबिया १५ खेलबाट १४ अंकसहित छैटौं स्थानमा छ ।

सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डसँग जुलाई १३, चौथो खेल नामिबियासँग जुलाई १६ र अन्तिम खेल आयोजक स्कटल्याण्डसँग जुलाई १७ मा खेल्नेछ ।