‘साथीमार्ट टिकटक च्यालेन्ज’ मा भाग लिनुस् र जित्नुस ५० हजार रुपैयाँ।

काठमाडौं:= साथीमार्टले टिकटक च्यालेन्ज ल्याएको छ । ‘साथीमार्ट टिकटक च्यालेन्ज’ अन्तर्गत टिकटक प्रयोगकर्ताले एक मिनेटको भिडियो बनाई ५० हजार रुपैयाँ जित्न सक्ने बताइएको छ ।

ग्राहकका लागि ‘सेयर एन्ड अर्न अनलिमिटेड’ अभियानअन्तर्गत ल्याएको योजनाअन्तर्गत ग्राहकले साथीमार्टको मोबाइल एप डाउनलोड गरी एकाउन्ट रजिस्टर र मोबाइल भेरिफिकेसन गर्दा ७५ रुपैयाँ साथीक्यास पाउने कम्पनीले जनाएको छ ।

साथै मोबाइल एप आफ्ना साथीभाइ तथा परिवारलाई सेयर गरी प्रत्येक सेयरमा थप २५ रुपैयाँ थप साथीक्यास पाउन सकिनेछ । ‘साथीमार्ट टिकटक च्यालेन्ज’ मा सहभागी हुन साथीमार्टको अफिसियल टिकटक पेजलाई फलो गर्नुपर्नेछ । सहभागीले सोही पेजमा रहेका दुई भिडियोमा भनेअनुसार नियम पालना गरेर भिडियो बनाउनुपर्नेछ ।

भिडियो असार ३२ गतेभित्र अपलोड गरिएको हुनुपर्नेछ । सिर्जनात्मक भिडियोमध्येको उत्कृष्ट भिडियोले ५० हजार रुपैयाँ र दुई उपविजेताले १५ हजार र १० हजार रुपैयाँ जित्न सक्ने साथीमार्टका प्रमुख कार्यकारी अधिकृत सागर पोखरेलले जानकारी दिनुभयो ।