अनलाइनमार्फत सामाजिक संजालमा अपमानजनक पोष्ट राख्नेलाई जापानमा एक वर्ष कैद।

एजेन्सी (टोकियो):= जापान सरकारले अनलाइनमार्फत हुने विभिन्न किसिमका अपमानजनक गतिविधि रोक्न नयाँ नियम बनाएको छ । सरकारले अनलाइनमार्फत कसैको अपमान हुने खालको पोष्ट गर्ने व्यक्तिलाई कम्तीमा एक वर्षसम्म जेल सजाय हुने व्यवस्था गरेको हो ।

सरकारले यो नियम गृष्मकालीन समयमै बनाएको भए पनि हालैबाट लागू गर्न लागेको हो । पीडित व्यक्तिको उजुरीको आधारमा एक वर्ष जेलका साथै तीन लाख येन (२२०० अमेरिकी डलर) जरिवानासमेत हुनसक्नेछ ।

त्यहाँका सञ्चारमाध्ययमका अनुसार यसअघि यस्ता प्रक्रितिका कसुरमा ३० दिन जेल सजाय र दश हजार येन (७५ अमेरिकी डलर) सम्म जरिवानाको व्यवस्था थियो ।