काठमाडौं := नेपाली चलचित्र निर्देशक शोभित बस्नेतद्वारा निर्देशित फिल्म ‘बद्री बहादुर’ नेपालअघि अस्ट्रेलियामा प्रदर्शन हुने पक्का भएको छ। यस फिल्मलाई आगामी जुलाई ३० मा सिड्नी लगायत चार शहरमा रिलिज गर्न लागिएको हो।
सिनेमा रिलिजको लागि शोभित केहीदिन अघि अस्ट्रेलिया गइसकेका छन्। सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन्।
सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । फिल्ममा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिवजंग बस्नेत, धिरेन शाक्य र नवकलाकार एलिना गुरुङको अभिनय छ ।
एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् ।
फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व, विनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन छ । कमेडी जनराको फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभाको विभिन्न ठाउँमा छायांकन गरिएको हो ।




















