काठमाडौं := अभिनेत्री निता ढुंगाना र अभिनेता एवं ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिनुभएको छ । चारवर्षे प्रेम सम्बन्धलाई दुवैले शुक्रबार विवाहमा परिणत गर्नुभएको हो।
दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित निता र हरिहरको वैवाहिक समारोहमा परिवारका सदस्य, आफन्त र सीमित साथीभाइको सहभागिता थियो । दुई दिनअघि निता र हरिहरले मेहन्दीको रसम गर्नुभएको थियो ।
जसमा अभिनेत्री रेखा थापालगायत सहभागी हुनुभएको थियो। निता र हरिहरले आइतबार होटल याक एन्ड यतिमै रिसेप्सन पार्टी आयोजना गर्नुहुने भएको छ ।



















