क्वालालम्पुर (मलेसिया):= मलेशियाको अध्यागमन विभाग इमिग्रेशन (JIM) ले यहीँ जुलाई २०२२ /०६ तारिखको दिन क्वालालम्पुरको जालान सुल्तान इस्माइलमा रहेको एक मनोरञ्जन केन्द्र (क्लब) डान्सबारमा छापा मारेर कुल १६६ जना विदेशीहरूलाई पक्राउ गरेको छ।
अध्यागमन बिभागले विदेशीहरूलाई ग्राहक सेवा गर्ल (जीआरओ) सेवाहरू प्रदान गर्ने मनोरञ्जन केन्द्र परिसरमा अपरेसन गरिएको थियो। बिभागको खुफिया पुलिसले पत्ता लगायो कि सो क्लब भित्र धेरै भन्दा धेरै ग्राहकहरु जाने गर्दथे।
मलेशियन अध्यागमन मुख्यालय पुत्रजयाको अपरेसन, इन्भेस्टिगेशन र अभियोजन महाशाखाको अपरेशन युनिटले ३९ जना अध्यागमन अधिकारीको टोलीसहित ६ तारिख राति ११ः३० बजे मनोरञ्जन केन्द्रमा छापा मारेका थिए ।


छापा मार्दा मनोरञ्जन केन्द्रमा रमाइलो गर्ने ग्राहकहरु खचाखच भरिएको र नृत्यमा मस्त झुमिरहेको थिए। छापा मार्ने क्रममा क्लबका कर्मचारीहरू र ग्राहकहरू भाग्ने प्रयास र हो-हल्ला गरेका थिए , तर कुनै पनि अप्रिय घटना बिना स्थिति नियन्त्रण गर्न सफल भएका थियौं बिभागका एक अधिकारीले बताए।
सो मनोरञ्जन केन्द्रले भर्खर ०५ जुन २०२२ मा सञ्चालन सुरु गरेको विश्वास गरिन्छ र विदेशीहरूलाई आरएम १०० रिंगेट देखि आरएम १ हजार रिंगेटसम्म को मूल्यमा क्लबभित्रका सेवाहरू प्रदान गर्ने गरेको पत्ता लागेको बताए।

ग्राहकहरूले मूल्य ट्याग सहितको स्यास टोकन किन्न सक्छन् र खरिद गरिएको टोकनमा मूल्य विकल्प अनुसार मनोरञ्जन गर्न गएका मानिसहरुले केटी,महिला हरु छनौट गर्ने र साथमै मनोरञ्जन गर्ने गरेको पाइएको बताए।
पक्राउ पर्नेमा ९ जना पुरुषहरुको साथै थाईल्यान्डका १३३ जना महिला, भियतनामी १ जना पुरुष र १२ महिला, दुई लाओसकि महिला, ६ बंगलादेशी पुरुष र ३ जना इन्डोनेसियाली महिला गरी जम्मा १६६ जना विदेशीहरु पक्राउ परेको अध्यागमन बिभागले जनाएको छ।

पक्राउ परेकहरूमध्ये ती पुरुष , महिलाको साथमा वैधानिक कागजात नभएका , ओभरस्टे बसेका , र अन्य अपराधहरूमा संलग्न रहेको पाइएको बिभागले खुलाएको छ ।
पक्राउ परेका सबै महिला , पुरुषलाई बुकित जलिल अध्यागमन डिटेन्सन डिपो क्वालालम्पुरमा मानव बेचबिखन र आप्रवासीहरूको तस्करी विरोधी ऐन (ATIPSOM), अध्यागमन ऐन १९५९/६३ , राहदानी ऐन १९६६ र अध्यागमन नियमावली १९६३ बमोजिम थप कारबाहीका लागि राखेर अनुसन्धान अगाडि बढाइएको बिभागले जनाएको छ।




















