पत्रकार महासंघ दक्षिण कोरियाको ७औं अधिवेशनमा सबिनाले अध्यक्ष पदमा उम्मेदवारी दिने।

[ आरएन चौधरी थारु ] 

दक्षिण कोरिया := नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको ७औं अधिवेशन यहीँ जुलाई १७ तारिखको दिन राजधानी सिओलको नमस्ते रेस्टुरेन्टमा सम्पन्न हुन गैइरहेको छ। दक्षिण कोरिया शाखाको सो ७ औं अधिवेशनमा बिगत ७,८ बर्षदेखिनै सक्रिय रुपमा पत्रकारिता क्षेत्रमा आवद्ध पत्रकार सबिना कार्कीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्।

पत्रकार कार्कीले सामाजिक संजाल फेसबुकमार्फत एक स्टाटस सेयर गरि उम्मेदवारी घोषणा गरेको जानकारी दिएकी हुन्। अनलाइन पत्रिकाबाट पत्रकारिता सुरु गरेकी कार्कीले नेपालमा रहेको प्राइम टाइम टेलिभिजन हुँदै हाल काेरियामा कार्यरत रहेर पत्रकार महासंघ दक्षिण कोरिया शाखासँग आबद्ध भई ४० भन्दा बढि एपिसाेड कार्यक्रम “समय संवाद” काे सञ्चालिकाकाे रुपमा पनि काम गरी सकेकी छिन् ।

त्यस्तै मलेसियाबाट संचालित अनलाइन पत्रीका मलाया खबरमार्फत प्रवासमा लोकप्रिय कार्यक्रमको रुपमा परिचीत “परदेशीकाे आवाज” मार्फत पनि प्रवास,विदेशमा रहेका नेपाली श्रमिकहरुकाे समस्याका विषयहरु उठान र वैदेशिक राेजगारीमा रहेका नेपालीहरुका लागि सत्यतथ्य सुचनाहरुकाे बारेमा पनि जानकारीहरु गराउँदै आइरहेकी छिन् । भने अन्य कैयौं कार्यक्रमहरु चलाउदै आइरहेकी छिन्।

उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुको कारण बुँदागत रुपमा हेर्नुहोस् :

१) दक्षिण काेरिया पत्रकार महासंघ शाखाकाे उपस्थिति नेपाली समुदाय समक्ष बलियो बनाउन र नेपाली पत्रकारको हकहितमा काम गर्न ।

२) पत्रकार महासंघमा महिला पत्रकारहरुकाे उपस्थिति बढाउदै महासंघलाई समग्र रुपमा व्यवस्थित बनाउन विषेश भूमिका निर्वाह गर्न ।

३) दक्षिण काेरियामा सक्रिय रहनु भएका सञ्चारकर्मीहरुलाई एकिकृत गर्दै ,पत्रकारको क्षमता विकास गर्न विभिन्न तालिम तथा गाेष्ठिकाे आयाेजना गर्न ।

४) दक्षिण काेरियामा सक्रिय रुपमा रहनुभएका पत्रकारहरुमा आइपर्ने समस्याहरु समाधान गर्न भुमिका निर्वाह गर्न,साथै जाेखिम अवस्थामा पत्रकारलाई राहत उपलब्ध गराउन काेषकाे स्थापना गर्न ।

५) पत्रकार महासंघको विधि ,विधान तथा पत्रकार आचारसंहिता जस्ता विषयकाे पालना तथा कार्यन्वनमा विषेश भूमिका निर्वाह गर्न ।