काठमाडौंको चाबहिलमा नेशनल फिल्म तथा टिभी स्कुलको शुभारम्भ।

काठमाडौं:= काठमाडौंको चाबहिलमा नेशनल फिल्म तथा टिभी स्कुलको शुभारम्भ गरिएको छ । स्कुलको नायक राजेश हमाल र चलचित्रमा डेब्युको तयारीमा रहेकी मोडल नीति शाहलगायत कलाकारले उद्घाटन गर्नुभएको छ ।

स्कुलमा चलचित्रका सम्पूर्ण विधा र व्यक्तित्व विकासको अध्ययन हुनेछ । स्कुल उद्घाटनमा आयोजित जमघट कार्यक्रममा कलाकारले भीवाइएफ टक्सको पनि शुभारम्भ गरे। उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अभिनेता पुष्प खड्काले पनि कलेज उद्घाटनमा साथ दिनुभयो ।

अभिनेता हमाल स्कुलका गेस्ट लेक्चर पनि हुने बताइएको छ।उद्घाटन कार्यक्रममा बोल्दै हमालले फिल्म अध्ययनतर्फ देखिएको युवापुस्ताको आकर्षणले सकारात्मक भविष्यको संकेत गर्ने बताउनुभयो ।

भीवाइएफ टक्सका प्रमुख दशरथ सुनारका अनुसार उक्त स्कुलमा व्यक्तित्व र नेतृत्व सीपका कोर्षको पढाइ हुनेछ । आइतबारदेखि नै स्कुलको औपचारिक सुरुवात भएको छ । केही वर्षमा त्रिभुवन विश्वविद्यालयको कोर्ष पनि पढाइ हुने स्कुलले जनाएको छ ।