जनउद्धार केन्द्र मलेसिया द्वारा दुई जना बिरामीको उद्धार ।

बिगत लामो समय देखि मलेसियामा अबैधानिक रुपमा बसिरहेका महोत्तरी जिल्ला घर भएका राकेश राम सिकिस्त बिरामी परेका उन्लाइ उद्धार केन्द्र लाई उद्वार गरिपाउ भनी निबेदन आएपस्चात केन्द्रले उनको निवेदन को आधारमा फलोअप गरि तत्काल उद्धार गरि गत 22/6/2022 का दिन उद्धार गरि नेपाल फिर्ता गराएको छ ।

तेस्तै केही महिना देखि जेल जीवन बिताएर पेनाङ को जुरु घरफिर्ती केन्द्रमा टिकट को पर्खाइमा रहेका मोरङ का लखन लाल राजबंसिलाइ पनि उद्धार गरि सोही उडान मार्फत नेपाल फिर्ता गराएको जनद्वार केन्द्र का महासचिव संकर देव आचार्य ले जानकारी दिनुभयो ।