बालेन साहले स्थानीय चुनावमा कति गरे खर्च ? [विवरण]

काठमाडौं := काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्थानीय चुनावमा गरेको खर्च विवरण सार्वजनिक गरेका छन् ।सोमबार साँझ सामाजिक सञ्जालमार्फत् साहले चुनावमा ३ लाख ९४ हजार ४८९ रुपैयाँ मात्र खर्च भएको विवरण सार्वजनिक गरेका हुन् ।

‘खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न कारणहरुले सो ढिलो भएकोमा माफी चाहन्छौँ । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरनब्बे हजार चार सय उननब्बे रुपैयाँ भएको छ ।’ बालेनले भनेका छन् ।

No photo description available.