‍‍‍वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय।

काठमाडौं := नेपाल सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उहाँमाथि लागेको थियो। उहाँमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । संस्कृति‚पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उहाँलाई स्पष्टीकरण पनि सोधेको थियो ।