नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड २०७९ को मनोनितलाई प्रमाणपत्र वितरण।

काठमाडौं:= नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड २०७९ का मनोनितलाई राजधानीमा एक कार्यक्रमबीच प्रमाणपत्र वितरण गरिएको छ । वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ गायिका ज्ञानु राणा, कलाकार संघका अध्यक्ष रविन्द्र खड्कालगायतले मनोनितलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

आगामी साता सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा थुप्रै विधाबाट मनोनित भएका एकजना सर्वोत्कृष्टलाई ट्रफी प्रदान गरिने अवार्डका अध्यक्ष आरके सुवेदीले जानकारी गराउनुभयो ।

नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्डमा यो बर्षको गीतसंगीत पत्रकारिता पुरस्कारतर्फ सञ्चारकर्मी कुमार आचार्यलाई प्रदान गरिने मनोनयन कार्यक्रम घोषणा गरिएको थियो । उहाँलाई २५ हजार रुपैयाँ नगद राशिसहित टर्फीबाट सम्मानित गरिने कार्यक्रममा घोषणा गरिएको थियो ।

त्यसैगरी गीतसंगीतको पक्षमा निरन्तर पत्रकारिता गरिरहनु हुनुभएका हिमालयन टाइम्स दैनिकका पत्रकार कृष्ण भुसाल, गोपिकृष्ण चापागाईं, अनलाइन खबरका पत्रकार विष्णु शर्मा र फिल्मी खबर अनलाइनका सक्रिय पत्रकार मनिष अञ्जानलाई बक्स अफिस संगीत पत्रकारिताबाट सम्मान गरिने घोषणा गरिएको छ ।

मनोनयन कार्यक्रममा अवार्डलाई स्वस्थ र निष्पक्ष बनाउन वरिष्ठ गायिका सत्यकला राई, गीतकार/लेखक/निर्देशक मीनसागर लामा, चलचित्र निर्देशक तथा गीतकार उदय सुब्बा, लेखक निर्माता मौनता श्रेष्ठ, कलाकार, निर्माता तथा निर्देशक रामभक्त श्रेष्ठ, प्रोडक्सन डिजाइनर तथा निर्माता सुरज आचार्य, छांयाकार/निर्माता/निर्देशक प्रधुम्म मिश्र, निर्देशक रमेश कोइराला, निर्देशक मधुसूदन भट्टराई, निर्देशक दिनेश पौडेल, निर्देशक मिलन आले मगर, सम्पादक तारा थापा किन्भे, मानबहादुर थापा, मेकअप कलाकार गीता पौडेललगायतलाई कलाकारिता क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै जुरिको कार्य सम्पादनको जिम्मेवारी प्रदान गरिएको थियो ।